दफा २४
मान्यता हटाउने

(१) दफा २२ बमोजिम प्राप्त विवरण र दफा२३ बमोजिम प्राप्त प्रतिवेदन उपर विचार गर्दा दफा२१ बमोजिम मान्यता प्रदान गरिएको कुनै शैक्षिक योग्यताको प्रमाणपत्र वा
उपाधिहरूको निमित्त सम्बन्धित शिक्षण संस्थाले निर्धारण गरेको पाठ्यक्रम, भर्नाका शर्तहरू तथा निरीक्षण सञ्चालन विधि उपयुक्त एवं पर्याप्त छैन भन्ने लागेमा सो सम्बन्धमा परिषद्ले आफ्नो प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ ।

(२) उपदफा(१) बमोजिम परिषद्को प्रतिवेदन प्राप्त भएपछि नेपाल सरकारले आवश्यकदेखेमा सम्बन्धित शिक्षण संस्थासंग स्पष्टीकरण माग गर्न सक्नेछ र स्पष्टीकरण प्राप्त भएमा सोउपर विचार गरी अरू कुनै जाँचबुझ गर्नु पर्ने भए आवश्यक जाँचबुझ गरी सो समेतको आधारमा नेपाल सरकारले त्यस्तो शिक्षण संस्थाबाट कुनै खास मितिपछि प्रदान गरिएको स्वास्थ्य व्यवसाय सम्बन्धी शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य उपाधिको मान्यतालाई नेपाल राजपत्रमा सूचना प्रकाशन गरी हटाउन सक्नेछ ।